1. Federal Governance System
1.1 Principle and Practice in Global Context ( विश्वव्यापी सन्दर्भमा सिद्धान्त र प्रयोग) सङ्घीय शासन प्रणाली के हो ? · एक राज्यमा वुई वा दुईभन्दा बढी तहका सरकार रहेको राजनीतिक प्रणाली वा शासन व्यवस्थालाई सङ्घीय शासन प्रणाली भनिन्छ । · यस प्रणालीमा सरकारका तहहरूबीच संविधानमै उल्लेख गरी कार्य सीमा तोकिएको हुन्छ , राज्यशक्तिको विभाजन हुन्छ। उनीहरू संविधानले व्यवस्था गरेका अधिकार प्रयोगमा स्वतन्त्र हुन्छन्। समन्वयात्मक ढंगले शासन व्यवस्था सञ्चालन हुन्छ। बहुल सरकार रहन्छ। पूर्ण प्रजातान्त्रिक हुन्छ । · शब्दकोष अनुसार संघीय भन्नाले ' प्रजातान्त्रिक पद्धति , परराष्ट्र नीति , रक्षा , मौद्रिक व्यवस्था आदि समान उपयोगका प्रमुख विषयहरू केन्द्रीय सत्तामा राखी अन्य कुरामा स्वायत्त शासनको अधिकार प्रयोग गर्ने राज्यको संगठन वा इकाइ हो ' भनी अर्ध्याईएको छ। · एकात्मक प्रणालीमा पनि तहगत सरकार हुनसक्छन् । तर फरक के छ भने एकात्मक प्रणालीमा ती त...